एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनित

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनित

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकले विधान अनुसार १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो । १०८ जना प्रतिनिधि मनोनीत भएसँगै एमालेको ११औँ महाधिवेशनमा सङ्ख्या २ हजार २ सय ६२ जना प्रतिनिधिले मतदान गर्न पाउने भएका छन् ।