‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई आज हेकिलप्टरबाट उद्धार गरिएको छ ।

काठमाडौंको चम्पादेवीमा ‘हाइकिङ’ गएका बेला उनी अचेत भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले काठमाडौंको हाइकिङ गएका बेला अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्राण्डी अस्पताल लगिएको जानकारी दिए ।

हाल राजदूत श्रीवास्तवको ग्राण्डीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधार भएको जानकारी दिए ।