काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ( बुधबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १ सय ४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ १२ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ९७ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १ सय ८५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय ८६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १ सय २ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर १ को खरिददर १ सय ६ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ७ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर १ को खरिददर १ सइ १५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सइ १६ रुपैयाँ ०८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ६६ पैसा र बिक्रीदर २१ रुपैयाँ ७५ पैसा , साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट १ को खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम १ को खरिददर ४० रुपैयाँ ४४ पैसा र बिक्रीदर ४० रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ०९ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार १ को खरिददर ४ सइ ८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४ सइ ८५ रुपैयाँ ८१ पैसा, बहराइन दिनार १ को खरिददर ३ सइ ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३ सइ ९४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ८५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३ सय ८७ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


























