आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि नेपाललाई

आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि नेपाललाई

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।

शुक्रबार सामोआलाई १२४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै नेपालले उपाधि हात पारेको हो । नेपाल छनोट चरणमा अपराजित रहने एकमात्र टोली बन्यो ।

नेपालले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछाएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ८७ रनमात्र बनाउन सक्यो ।

सामोआका लागि सिन सोलाई सार्वधिक ४० रन बनाए । नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि सामोअले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेख र उपकप्तान दीपेन्द्र सिंह ऐरिले अर्धशतक प्रहार गरेका थिए ।

आईसीसी टी–२० विश्वकप एसिया छनोटबाट नेपालसँगै ओमान र युएईले पनि विश्वकपमा आफ्नो स्थान बनाएका छन् ।