काठमाडौं । घनश्याम उपाध्याय सचिव पदमा बढुवा भएका छन् ।
मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा बढुवा गर्ने निर्णय गरेकाे हाे ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सचिव पदमा बढुवाका लागि लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियाे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । साेही रिक्त पदमा घनश्याम बढुवा भएका हुन् ।
उपाध्याय हाल जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छन् ।

























