विदेशी मुद्राको विनिमय दर : कुन देशको मुद्राको मूल्य आज कति ?

विदेशी मुद्राको विनिमय दर : कुन देशको मुद्राको मूल्य आज कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । 

अमेरिकन डलरको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा तथा युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३  रुपैयाँ ५९ पैसामा कारोबार हुने भएको छ ।

बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९४ पैसा तथा क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ४० पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसामा खरिदबिक्री हुनेछ ।

कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको छ ।

bini-1719277739.PNG