आज सुनको मूल्य स्थिर

आज सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सोही मूल्यमा सुन कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।