काठमाण्डौ । दैलेखको सल्लेरिचौर सामुदायिक वनमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
जिल्लाको साततला, आठबीस नगरपालिकाको १ र २ मा पर्ने वनको झन्डै ४० हेक्टर क्षेत्रफलमा लागेको आगो नियन्त्रणमा आएको हो । कर्णाली सब–डिभिजन वन कार्यलय, सशस्त्र प्रहरी बल र सामुदायिक वन समितिको समन्वयमा आगो नियन्त्रणमा लिइएको हो ।
गर्मीसँगै हावाहुरीको मौसम शुरू भएसँगै आगलागीका घटना बढ्न थालेका छन् । यो बेला जथाभावि आगो नबाल्न र बालेको आगो राम्रोसँग निभाउन कर्णाली सब–डिभिजन कार्यालयले अनुरोध गरेको छ ।




























