काठमाडौं। आज (शनिबार) नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । बैठक च्यासल, ललितपुरस्थित पार्टीको मुख्यालयमा बस्ने जनाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
सचिवालय बैठक बस्नअघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गरेका थिए । बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्नेछ ।



























