नापी कार्यालयका ३ जना सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी कार्यालयका ३ जना सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयका ३ जना सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी  ३ जना सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरीएको जनाएको हो ।

नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर, सर्वेक्षक सुबाष चन्द्र यादवसमेत ३ जना उपर घुसररिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरीएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

हेर्नुहोस अख्तियारले जारी गरेको सूचना