काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबारको तुलनामा सुनको मूल्य ५०० ले घटेको छ भने चाँदीको मोल १५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज १ तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० र १ तोलाको चाँदीको मोल ५ हजार ७४० कायम भएको छ । बिहीबार प्रतितोला सुन ३ लाख १५ हजार ४०० र १ तोला चाँदीको मोल ५ हजार ७२५ निर्धारण भएको थियो ।
गत बुधबार १ तोला छापावाल सुनको मूल्य ३ लाख १४ हजार ९०० र १ तोला चाँदीको मोल ५ हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन ३ लाख १३ हजार ५०० र १ तोला चाँदी ५ हजार ५९५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ५ हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
























