नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ४६ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरी बढुवा समितिको सोमबार बसेको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो ।

जसअन्तर्गत बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय धादिङ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका रञ्जन अवा रहेका छन् भने दोस्रो नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा रहेका कमल बेल्बासे रहेका छन् ।

त्यस्तै तेस्रो नम्बरमा प्रहरी महानिरीक्षकको सचिवालयका यमकुमार श्रेष्ठ, चौथोमा अख्तियारमा रहेकी एलिजा गिरी र पाँचौमा मानव स्रोत विभाग वृत्ति विकास महाशाखा भर्ना छनौट शाखामा रहेका कमलराज पण्डित बढुवा सिफारिस भएका छन् ।

हेर्नुस् बढुवा सिफारिस भएकाहरूको विवरण: