मधेस प्रदेशका मुख्यमन्त्री यादवले पुन: पाए विश्वासको मत 

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पुन: पाए विश्वासको मत 

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पुन: विश्वासको मत पाएका छन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा १०३ जनाले उनको पक्षमा मतदान गरेका हुन् ।

गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादवले माघ ४ गते विश्वासकाे मत लिँदा सिँगाे सदनको मत प्राप्त गरेका थिए ।

एमालेले गत जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसैले गर्दा आज मुख्यमन्त्री राउतले पुन: विश्वासकाे मत लिनुपरेकाे हाे ।

राष्ट्रपति निर्वाचनले गठबन्धन भत्किएपछि एमाले सरकारबाट बाहिरिएकाे थियाे। 

जसपाको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी रहेको छ ।