अबदेखि नेपालगञ्ज राति ११ बजेसम्म खुल्ने

अबदेखि नेपालगञ्ज राति ११ बजेसम्म खुल्ने

काठमाडौं । नेपालगञ्ज सहर अबदेखि राति ११ बजेसम्म खुल्ने भएको छ । 

असार १५ गतेदेखि नेपालगञ्ज राति ११ बजेसम्म खुल्ने भएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र सरोकारवालाबीच मंगलबार जिल्ला प्रशासनमा भएको छलफलमा शान्ति सुरक्षा र बजार व्यवस्थापनलाई ध्यान दिँदै राति ११ बजेसम्म खुला राख्ने सहमति भएको हो ।

'स्ट्रीट फुड लेन' र 'रात्रिकालीन बजार' लाई ध्यानमा राखी राति ११ बजेसम्म सहर खुल्ने भएकाे हाे ।

प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्यले ११ बजेसम्म बजार खुल्न दिइ त्यसपछिकाे अवस्था हेरी निर्णय गर्ने बताए ।

नेपालगञ्ज उद्योग वाणिज्य संघ, नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके लगायत विभिन्न सरोकारवाला संघसंस्थाको अनुरोधमा राति ११ बजेसम्म सहर खुलाउने सहमति भएकाे हाे ।

नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा नाट्टा बाँकेले असार १५ गतेदेखि त्रिभुवन चोक क्षेत्रमा 'स्ट्रीट फुडलेन' सञ्चालन गर्न लागेको छ ।