लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बुटबल । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

मंगलबार बसेको दोस्रो अधिवेशनको दसौं बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रमबारे प्रदेशसभा बैठकमा दुई दिन छलफल भएको थियाे ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभासमक्ष आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गरेका थिए । 

सभामुख तुलाराम घर्तीले सो प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेश गरेका थिए । ध्वनि मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको हो ।

सत्तापक्षका सांसद नीति तथा कार्यक्रमको पक्षमा उत्रिए थिए भने सत्ताबाहिर रहेका दलका सांसद भने चर्को आलोचनामा उत्रिए ।

नीति तथा कार्यक्रममाथि पाँच जनाले संशोधन प्रस्ताव दर्ता गराए पनि संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

असार १ गते दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक बस्ने जानकारी गराइएको छ ।