काठमाडौं । काठमाडौंको एक होटलमा युवायुवती मृत फेला परेका छन् ।
टोखा नगरपालिका- ९ स्थित ग्रिन नेपाल होटलमा सोमबार बिहान युवायुवती मृत अवस्थामा फेला परेका हुन् ।
मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका- १ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका- १० दमौली घर भएकी मुस्कान वयक रहेका छन् ।
होटलको कोठाभित्रको बाथरुममा पुरुष र कोठाभित्र महिला झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
आज बिहान खाना खानका लागि बाेलाउने क्रममा ढोका नखुलेपछि होटलवालाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर भित्र जाँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए ।