मुख्यमन्त्री बानियाँद्वारा प्रतिपक्षी दलसँग विश्वासको मत दिन आग्रह

मुख्यमन्त्री बानियाँद्वारा प्रतिपक्षी दलसँग विश्वासको मत दिन आग्रह

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिपक्ष दलसँग विश्वासको मत मागेका छन् ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्रमार्फत उनले विश्वासको मत मागेका हुन् ।

प्रदेशको समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले प्रदेश सरकारको नेतृत्व गर्न लागेकाले विश्वासको मत दिन मुख्यमन्त्री बानियाँले सबैलाई आग्रह गरेका छन् ।

यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका बानियाँले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।