राजधानीमा नाटक ‘ढुङ्गाको खिचडी’ मञ्चन 

राजधानीमा नाटक ‘ढुङ्गाको खिचडी’ मञ्चन 

काठमाडाै ।  विद्यालयले रंगमञ्च कक्षाको अवधारणा ल्याएयता विभिन्न उमेर समूहका बालबालिका किशाेरकिशाेरीकाे ज्ञान र सिप अभिवृद्धिकाे विकासका लागि नाटकमा पनि अभिरुची बढाउने काम भइरहेको छ । पछिल्ला समय त हरेक विद्यालयले बालबालिकालाई जिज्ञासु बनाउनुका साथै सोच्ने सक्ने क्षमताकाे अभिवृद्धि बढाउन नाटककाे साहरा लिने गरिएकाे छ । यसैक्रममा ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले नेपाली लोककथा ‘ढुङ्गाको खिचडी’लाई नाट्य रूपान्तरण गरेर मञ्चन गरिरहेको छ ।

बालबालिकाको प्रतिभा प्रष्फुटनका साथै किशोरकिशोरीको ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्य अनुरुप विद्यालयले लोककथालाई नाटकमा रूपान्तरण गरेर मञ्चन गरिरहेको हो । रातोपुलस्थित शैली थिएटरमा शुक्रवारदेखि जारी नाटकलाई पुष्पराज अवस्थीले निर्देशन गरेका हुन् । निर्देशक अवस्थी भन्छन्, 'कुनै विषय क्षेत्रकाे रुचि प्रतिभाकाे आधार विन्दु हाे भन्ने बालबालिकालाई बुझाउन र त्यसतर्फ प्रेरित गर्न खाेजेका छाैं ।'

नाट्य रूपान्तरण प्रकेश सिन्धूलीयले गरेको नाटकमा ब्राइट फ्युचर माविमा कक्षा पाँचदेखि दशसम्म अध्ययनरत विद्यार्थीले अभिनय गरेका छन् । बिहान ११ बजे र दिउँसो साढे एक बजे गरी दैनिक दुई सो मञ्चन भइरहेको नाटक सोमवारसम्म हेर्न सकिने छ ।

नाटकमा प्रशान्त हुमागाईँ, दिव्यङ्का ओझा, दीक्षा परियार, सुशान्त कोइराला, नवल नेपालीलगायतका विद्यार्थीको अभिनय छ । 

Dhungako khichadi 21685890324.jpg

Dhunagako Khachadi 41685890323.jpg

Dhungako khichadi1685890322.jpg