काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ । सोमबार प्रतिनिधि सभाको बैठक प्रारम्भ हुने बित्तिकै नेकपा (एमाले)का सांसद योगेश भट्टराईले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे धारणा राखेका थिए ।
आइतबारको बैठकमा प्रतिपक्षी दल एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा जवाफ दिनुपर्ने भन्दै संसद् अवरोध गरेपछि बैठक स्थगित गरिएको थियो ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

























