व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न

व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न

गोरखा । नेशनल लघुवित्त वित्तीय संस्था लिमीटेड शाखा कार्यालय गोरखाले आफ्ना सदस्यहरुलाई  एकदिने व्यवसायिक बाख्रा पालन तालिम प्रदान गरेको छ ।

यहि माघ ११ गते शुक्रबारका दिन सदस्य दिदीबहिनीहरुलाई उनिहरुको अपेक्षा अनुसार नै तालिन प्रदान गरेको हो । गोरखाको गोरखा इन होटलमा दिइएको तालिममा ५० जना भन्दाबढी सहभागि थिए ।

भेटनरी डा. सुशील ढकालले तालिममा प्रक्षिण दिएका थिए । कार्यक्रममा संस्थाका शाखा प्रमुख सबिन न्यौपनेले स्वागत मन्तव्य राखेपछि डा. ढकालले तालीम सञ्चालन गरेका हुन् । प्रशिक्षेक डा. ढकालले सहभागीहरूलाई बाख्रा पालनको क्रममा आइपर्ने समस्याहरू प्रष्ट पारी त्यस्ता समस्या समाधानको उपायहरू पनि एक एक गरी प्रष्ट पारेका थिए ।

तालिम पश्चिात शाखा प्रमुख न्यौपानेले सम्पुर्ण सहभागीहरुलाई प्रमापत्र समेत वितरण गरेका थिए ।