राष्ट्रिय अनुसन्धान विभागद्वारा विभिन्न पदमा कर्मचारी माग

राष्ट्रिय अनुसन्धान विभागद्वारा विभिन्न पदमा कर्मचारी माग

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

विभागले शनिबार सूचना प्रकाशन गरी अनुसन्धान अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) र अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) पदका लागि जनशक्ति माग गरेको हो ।

विभागले ३० जना अनुसन्धान अधिकृत र ४१ जना अनुसन्धान सहायक माग गरेको हो ।

अनुसन्धान अधिकृतका लागि कम्तीमा  स्नातक वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने विभागले जनाएकाे छ । 

ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेकाले जिपिए २ वा सोभन्दा माथि ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।

अनुसन्धान सहायकका लागि कम्तीमा प्रवीणता पत्र तह  वा ग्रेडिङ पद्धतिमा शैक्षिक योग्यता प्राप्त गरेको भए जिपिए २ वा सोभन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्ने उल्लेख छ ।

विभागका अनुसार असार ३१ गतेसम्म दरखास्त दिन सकिने छ ।

notice1686972498.png