काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्स छनोट प्रतियोगिता र एसीसी महिला प्रिमियर कपका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
क्यानले बुधबार सार्वजनिक गरेको टोलीको कप्तानी इन्दु बर्मा लाई दिइएको छ भने उपकप्तानमा पूजा महतो चयन भएकी छन्।
टोलीमा विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता रानामगर, अनु कठायत, मनीषा उपाध्याय, रुबिना क्षेत्री, सोनी पाख्रिन र सिमाना केसी रहेका छन्।
यसपटक सोनी पाख्रिन र सिता रानामगर ले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
वैकल्पिक खेलाडीका रूपमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउदलाई समावेश गरिएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




























