काठमाडौं । पर्यटन र हवाई सेवामा लगाएको कर खारेज गर्न व्यवसायीहरूले माग गरेका छन् ।
शुक्रबार काठमाडौँमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटेल एसोसिएसन अफ नेपाल (हान), वायुसेवा सञ्चालक संघले सरकारसमक्ष यस्तो माग राखेका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि व्यवस्था गरेका करका दर खारेजी गर्नुपर्ने माग गरेका छन् ।
व्यवसायीले पर्यटन तथा हवाई क्षेत्रमा सरकारले व्यवस्था गरेका करका दरप्रति असन्तुष्टि जनाउँदै नयाँ प्रस्ताव राखेका छन् ।
व्यवसायीहरूले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै संघ-संगठन सम्मिलित विज्ञ समूहरसमिति बनाएर गहन अध्ययन गर्नुपर्ने र घोषित करहरू एक वर्षपछि मात्र लागू हुनेगरी व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।
व्यवसायीहरूले कोभिड-१९ महामारीबाट भर्खरै लयमा फर्कँदै गरेको पर्यटन क्षेत्रको पुनरुत्थानलाई सहज बनाउन भन्दै बजेटमा भएका घोषणाले पर्यटन उद्योगमा गम्भीर र नकारात्मक असर गर्ने उनीहरूको भनाइ छ ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटनका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालमा फ्लाइट भाडा महँगो भएको बताए । उनले सस्तो गन्तव्य भनिरहँदा भाडादर भने महँगो भएको बताए ।



























