सरकारद्वारा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग

सरकारद्वारा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति पदका लागि आशय पत्रसहित आवेदन माग गरेको हो ।

राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १८ को उपदफा (२) बमोजिम उपकुलपति पदमा नियुक्तिको लागि आवेदन माग गरिएको सूचनामा उल्लेख छ ।