काठमाडौं । नेप्से परिसूचक मा बिहीबार पनि गिरावट जारी रह्यो। यस दिन बजार १७.०१ अंकले घटेर २७८७ विन्दुमा बन्द भएको छ । यससँगै पछिल्ला चार कारोबार दिनदेखि बजार लगातार ओरालो लागेको छ ।
अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज घटेर २७८७ अंकमा झरेको हो। कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो दिन ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज जम्मा ५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ ।
बजारमा ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ४६ कम्पनीको मूल्य बढेको, २१६ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ । क्षेत्रगत प्रदर्शनमा उत्पादन तथा प्रशोधन समूह ०.६० प्रतिशत र व्यापार समूह ०.४३ प्रतिशतले बढे पनि अन्य अधिकांश समूह घटेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घटेको छ । बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ र अन्य समूह ०.८५ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा धेरै कारोबार भएको कम्पनी बनेको छ, जसको ३० करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी सोलु हाइड्रोपावर को २६ करोड ७ लाख र आँखुखोला जलविद्युत् कम्पनी को २६ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।
मूल्य वृद्धितर्फ पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर का लगानीकर्ताले सबैभन्दा बढी १४.९९ प्रतिशतले कमाएका छन् । त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक को सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
अर्कोतर्फ सूर्यकुण्ड हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा धेरै ११.७९ प्रतिशत गुमाएका छन्। त्यसैगरी सुपर खुदी हाइड्रोपावर, गणपति लघुवित्त र रिजलाइन इनर्जीका सेयर मूल्य पनि उल्लेख्य रूपमा घटेका छन् ।बजारमा निरन्तर गिरावट र कारोबार रकम घट्दै जानु लगानीकर्तामा सावधानीको संकेत बनेको विश्लेषकहरूले बताएका छन् ।


























