थापाथलीस्थित बागमती किनारको अव्यवस्थित बस्ती खाली

थापाथलीस्थित बागमती किनारको अव्यवस्थित बस्ती खाली

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली गरिएको छ।

उक्त क्षेत्रबाट घरवारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा स्थानान्तरण गरिएको छ।

बस्तीका टहरा हटाउनुअघि स्वेच्छाले अन्यत्र जान चाहनेलाई काठमाडौँ महानगर प्रहरी बल र नेपाल प्रहरीले मानवीय सहयोग प्रदान गरेका थिए। उनीहरूलाई गन्तव्यसम्म पुग्न सवारी साधन तथा आवश्यक व्यवस्थापनमा समेत सहयोग गरिएको जनाइएको छ।