गण्डकी । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
चैत ८ गते आइतबार अपरान्ह १:०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन बस्ने सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।




























