काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला ३ हजार ४०० र चाँदी १३५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९२ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ८१० मा कारोबार भएको थियो ।
गत बुधबार १ तोला सुन २ लाख ९४ हजार ५०० र १ तोला चाँदी ४ हजार ९१५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६५० र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



























