‘ओपो ए६सी’ अब नेपाली बजारमा

‘ओपो ए६सी’ अब नेपाली बजारमा

काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ ।

७००० एमएएच ब्याट्री, एआई फिचर, प्रिमियम डिजाइन तथा विशेष रिप्लेसमेन्ट ग्यारेन्टीसहित कम्पनीले यो स्मार्टफोन बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार ओपो ए६सी दैनिक प्रयोगलाई सहज र भरपर्दो बनाउन तयार गरिएको स्मार्टफोन हो । यसमा रहेको ७००० एमएएच ब्याट्रीले लामो समयसम्म गेमिङ, भिडियो हेर्ने, इन्टरनेट चलाउने लगायतका काम सहज रूपमा गर्न सकिने बताइएको छ । फोनमा रिभर्स वायर चार्जिङ सुविधा पनि उपलब्ध छ ।

डिजाइनतर्फ फोनलाई फ्ल्यागसिप शैलीको प्रिमियम लुक दिइएको छ । ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ रंगमा उपलब्ध हुने यो स्मार्टफोनमा १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्ले राखिएको छ, जसले स्मुथ स्क्रोलिङ र राम्रो दृश्य अनुभव दिने कम्पनीको दाबी छ ।

फोटोग्राफीका लागि फोनमा एआई इरेजर र एआई क्लियर फेस फिचर समावेश गरिएको छ । यी सुविधामार्फत तस्बिरबाट अनावश्यक वस्तु हटाउन तथा अनुहारलाई अझ स्पष्ट बनाउन सकिने कम्पनीले जनाएको छ ।

फोनमा आईपी६४ स्तरको पानी तथा धुलो प्रतिरोधी सुविधा दिइएको छ । साथै, ४८ महिनासम्म स्थिर कार्यसम्पादन कायम राख्ने फ्लुएन्सी प्रोटेक्सन फिचर पनि समावेश गरिएको छ ।

ओपोले ओपो ए६सी खरिदमा दुई महिनासम्मको रिप्लेसमेन्ट ग्यारेन्टी योजना पनि ल्याएको जनाएको छ । जेठ १ देखि असार १, २०८३ भित्र फोन खरिद गर्ने योग्य ग्राहकले निश्चित हार्डवेयर समस्यामा इन्स्ट्यान्ट रिप्लेसमेन्ट सुविधा पाउनेछन् ।

ओपो ए६सीको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन नेपालभरका आधिकारिक ओपो रिटेल स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसैबीच, ओपो ए६सी सिरिजअन्तर्गत ‘ओपो ए६’ (८ जीबी + १२८ जीबी) भेरियन्ट पनि नेपाली बजारमा ल्याइएको छ । यसको मूल्य ४० हजार ९९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । धेरै स्टोरेज, सहज मल्टिटास्किङ तथा प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

शक्तिशाली ब्याट्री, एआई प्रविधि, आकर्षक डिजाइन, स्मूथ डिस्प्ले तथा भरपर्दो टिकाउपनाको संयोजन सहित ओपो ए६ सिरिजले नेपालमा बजेट तथा मिड–रेन्ज स्मार्टफोन अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा गरिएको छ ।