जनकपुर बोल्ट्सले एनपिएल जितेको खुसीमा मधेसका युवाले बाँडे साधुसन्तलाई भण्डारा

जनकपुर बोल्ट्सले एनपिएल जितेको खुसीमा मधेसका युवाले बाँडे साधुसन्तलाई भण्डारा

काठमाडौं । जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरूलाई भण्डारा गरेका छन् ।

शनिबार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरूलाई बेलाएर भण्डारा गरिएको हो ।

जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधि जितेको खुसीमा साधुसन्तहरूलाई खाना खुवाएको श्री महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए । उनले शनिवार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताए ।

कमिटीले जनकपुर बोल्ट्सको जितका लागि विशेष पूजापाठ र हवन गरेको र आज साधुसन्तहरूलाई भण्डारा खुवाएको उनले बताए ।