संसदको हिउँदे अधिवेशनको तयारीमा सभामुख

संसदको हिउँदे अधिवेशनको तयारीमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनको तयारी सन्दर्भमा सक्रियता बढाएका छन् । उनले आज सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग छुट्टाछुट्टै  छलफल गर्दैछन् ।

उनले बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गर्दैछन् । दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।

आइतबार सत्तापक्ष र प्रतिपक्षका नेताहरूसँग छुट्टाछुट्टै भेट्न लागेका सभामुख घिमिरेले सोमबार बिहान ११ बजे प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।

संसदको हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान भएको छ ।