मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पतालमा

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पतालमा

काठमाडौं । मुटुमा समस्या देखिएपछि चेकजाँचका लागि राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पताल पुगेका छन् ।

मंगलबार दिउँसो मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल चेकजाँचका लागि महाराजगन्जस्थित गंगालाल अस्पताल पुगेका हुन् । यसअघि राष्ट्रपति पौडेल मुटुको परीक्षणका लागि आइतबार पनि अस्पताल पुगेका थिए ।