काठमाडौं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका-३ घारीपाखामा स्कारपिओ दुर्घटना भएकाे छ ।
प्रदेश ००१ झ ००४४ नम्बरको स्कारपिओ दुर्घटनामा हुँदा कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का घाइते भएकी छन्। उनकाे बायाँ खुट्टामा चाेट लागेकाे छ ।
यसैगरी, दुर्घटनामा चौरजहारी नगरपालिका-९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, खड्काका स्वकीय सचिव हुकुम बिसीसहित ९ जना घाइते भएका छन् ।
घाइतेहरूलाई चौरजहारी अस्पतालतर्फ पठाइको प्रहरीले जनाएकाे छ ।
गाडीको स्टेरिङ अकस्मात् घुमेपछि गाडी अनियन्त्रित भएर पल्टिएको चालकले बताए। त्रिवेणी गाउँपालिकामा जाने क्रममा स्कारपिओ दुर्घटना भएको हो ।


























