काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा हुँदै छ ।
आइतबार पनि ढुङ्गानाकै इजलासमा परेको उक्त निवेदनमाथि समयाभावका कारण सुनुवाइ हुन सकेको थिएन ।
आज सुनुवाइ पेसी सूचीको ७ नम्बरमा तोकिएको छ । अधिवक्ता वर्षाकुमारी झाले गएको शुक्रवार बालेनविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।




























