कर्णाली प्रदेश सभा बैठक बस्दै, आजबाट बजेट तथा कार्यक्रममा छलफल सुरु

कर्णाली प्रदेश सभा बैठक बस्दै, आजबाट बजेट तथा कार्यक्रममा छलफल सुरु

काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ : ०० बजेको लागि बोलाइएको छ ।

प्रदेश सरकारको प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम माथि आजबाट छलफल सुरु हुने छ ।

मन्त्रालयगत रूपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

जसअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।