कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. डबल धामी नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. डबल धामी नियुक्त

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा डबल धामी नियुक्त भएका छन् । 

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले  रिक्त रहेको रेक्टर पदमा डा धामीलाई नियुक्त गरेका हुन् ।

मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गरेका हुन् ।उपकुलपति डा रावलले डा धामी, डा भुमिराज क्षेत्री र डा कुशल भट्टराईको नाम सिफारिस गरेका थिए ।

यसअघि रेक्टरका लागि अन्य तीन जनाको नाम समेत सिफारिस भएको थियो । तर मन्त्री बस्नेतले उनीहरू बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका हुन् । 

उपकुलपति डा रावलले रेक्टरका लागि यसअघि डा राजीव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गरेका थिए ।