काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक भोलि बस्ने भएको छ ।
महानगरका मेयर बालेन शाहले भोलि शुक्रबार २ बजे बस्ने गरी कार्यपालिका बैठक बोलाएका हुन् । मेयर शाहको सचिवालयका अनुसार ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ, भने त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ । तर ६ महिनापछि बैठक बस्न सकेको छैन ।




























