सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१५ अकंले बढेर २७३३.०६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन वाणिज्य बैंकको शेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ । आज उक्त समूह ३.१५ प्रतिशतले बढेको हो । साथै, विकास बैंक समूहको १.२३ प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१९ प्रतिशत, जीवन बीमा समूहको ०.१९ प्रतिशत र माइक्रो फाइनान्स समूहको १.७५ प्रतिशतले बढेको हो ।

बिहिबार माइक्रोफाइनान्स समूह र व्यापार समूहको शेयर मूल्य भने घटेको छ ।