काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।
उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन् । चिकित्सकहरूबाट उनिहरूको स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिएका गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरेका छन् ।




























