काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ ।
चाँदीको मूल्य तोलामा ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८३० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९४५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७०० र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




























