एसईईको नतिजा : ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

एसईईको नतिजा : ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

सोमबार सार्वजनिक नतिजाअनुसार, २०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् । परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।

त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् । २०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेट भएका छन् । नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । यसवर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए ।

नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् । नन् ग्रेडेड विद्यार्थी संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले घटेको हो । त्यतिबेलजा १ लाख ६७ हजार भन्दा बढी नन् ग्रेडेड थिए । २०८१ मा ४ लाख ३० हजार ६६७ विद्यार्थी सहभागी थिए । एसईईमा सहभागी मध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) भएका छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।