एसइईको नतिजा आज सार्वजनिक हुने

एसइईको नतिजा आज सार्वजनिक हुने

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ ।

नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कुनै समस्या नआए बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए।