काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ ।
राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा तथा युरोपियन युरो १ को खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३ पैसामा कारोबार हुने भएको छ ।
बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ७५ पैसा तथा क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसामा खरिदबिक्री हुनेछ ।
कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।



























