भेञ्चर क्यापिटल र प्राइभेट इक्विटीको पूर्ण इकोसिस्टम तयार हुँदैछ : अध्यक्ष हमाल

भेञ्चर क्यापिटल र प्राइभेट इक्विटीको पूर्ण इकोसिस्टम तयार हुँदैछ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफू अध्यक्ष भएपछि सि–आश्वा शुल्क घटाएको मापदण्ड पुगेका सबैलाई कोट प्रणाली नराखी ब्रोकर लाइसेन्स दिने जस्ता नीतिगत सुधार गरेको बताएका छन् । 

बोर्डको ३१ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष हमालले त्यस्तो बताए । उनले भने, 'भेञ्चर क्यापिटल र प्राइभेट इक्विटीको पूर्ण इकोसिस्टम तयार हुँदैछ । अर्को आर्थिक वर्षमा वस्तु विनिमय बजारको सञ्चालनमा आउँछ । धितोपत्र बजार विकासको लागि अर्थमन्त्री आशीर्वादको अपेक्षा छ ।'

अध्यक्ष हमालले दुई महिनाभित्र सेयर ब्रोकरको संख्या ९३ पुग्ने समेत बताए । समय तालिका बनाएर खुला रूपमा आवेदन दिएका १८ वटा धितोपत्रको लाइसेन्स दिइसकेको जानकारी गराउँदै उनले दुई महिनाभित्र सेयर ब्रोकरको संख्या ९३ पुग्ने उनको भनाई थियो । 

धेरै समयदेखि रोकिएर बसेको बैंकका सहायक कम्पनीले पनि धितोपत्र दलालको लाइसेन्स पाएको भन्दै बोर्ड अध्यक्ष हमालले यसले धितोपत्रको दोस्रो बजार विस्तार गर्न सहयोग गर्ने बताए ।