सरकारद्वारा असार एक देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

सरकारद्वारा असार एक देखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

काठमाडौं । सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध लगाएको छ ।

वर्षा याममा सडक खन्दा थप बिग्रिनेभन्दै विभागले सूचना जारी गर्दै आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाउने निर्णय गरेको हो ।

सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले निकालेको सूचनामा वर्षायाममा सडक खन्न स्वीकृति नदिइने जनाएको हो ।

सूचनामा भनिएको छ, 'वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ। त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति दिइने छैन ।'

सूचनामा कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने समेत उल्लेख गरिएको छ । 

हेर्नुस् सूचनाः

road-division-office1686205622.jpg