भन्सार छली ल्याइएका आठ लाख बराबरको मोबाइल सेट बरामद

भन्सार छली ल्याइएका आठ लाख बराबरको मोबाइल सेट बरामद

काठमाडौं । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका करिब साढे ८ लाख बराबरको मोबाइल सेटप्रहरीले बरामद गरेको छ ।

बुटवलबाट ८ लाख ३० हजार रूपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । 

भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थितराजमार्ग चौराहबाट बरामद गरेको हो ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार आइफोन ३ थान, रेडमी १५, सामसुङ ८, ओप्पो४ थानसहित अन्य कम्पनीका मोबाइल पनि रहेका छन् । ती मोबाइल बुधबार साँझ बरामद गरिएको हो ।

बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि बिहीबार भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रवक्ताअर्यालले बताए । 

खुला सिमानाका कारण भारतबाट अवैध तरिकाले यसरी सामान ल्याउँदा सरकारलाई राजश्व घाटा लागेको छ भनेउपभोक्ताले यसरी ल्याएको समान बिग्रँदा मर्मतका लागि समस्या झेल्नुपरेको छ ।