काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ ।
मङ्गलवार शिक्षा मन्त्रालयले सूचना जारी गर्दै त्रिवि सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको लागि निवेदन मागेको हो ।
सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको मिति २०८० साउन २३ गतेको बैठकको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयका कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका रोष्टरमा सूचीकृत हुन इच्छुक नेपाली नागरिकहरूबाट २०८० साउन २६ गते दिउसो ३:०० बजेभित्र आफ्नो बायोडाटासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार वा इमेल ठेगाना hed@moest.gov.np मा निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।’





























