काठमाडौँ । १० जना शाखा अधिकृतलाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल इन्जिनियरिङ सेवाका विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका रिक्त पदमा दश जना शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।बढुवा समितिले माघ २५ गतेको निर्णयानुसार नेपाल इन्जिनियरिङ सेवाका सिभिल इन्जिनियरिङ समूहतर्फ रिक्त उपसचिव पदमा ७ जना, केमिकल इन्जिनियरिङ समूहतर्फ १ जना, सर्भे समूहतर्फ १ जना र केमेष्ट्री समूहतर्फ १ जनालाई ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको छ ।




























