‘स्वच्छ पानी, स्वस्थ जीवन’लाई साकार पार्ने गरी काम गरौँ’

‘स्वच्छ पानी, स्वस्थ जीवन’लाई साकार पार्ने गरी काम गरौँ’

 पथरी । खानेपानीमन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ लाई साकार पार्ने गरी काम गर्नुपर्ने बताएका छन् । उनले ‘एक घर, एक धारा’ अभियानमार्फत सबै नागरिकका घरआँगनमा शुद्ध पेयजल उपलव्ध गराउन सरकार क्रियाशील रहेको बताए।

मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको आज शिलान्यास गर्दै मन्त्री यादवले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रवाह गर्न खानेपानी मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै त्यसनिम्ति  सम्बद्ध सबै पक्षको सहयोग अपरिहार्य भएको बताए ।

सरकारले खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको तथा नीति निर्माण, स्रोत परिचालन र पूर्वाधार विस्तारमा निरन्तर लागिपरेको जानकारी दिएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक  रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजना रु ३५ करोडको लागतमा निर्माण प्रारम्भ भएको बताए ।