रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको छ। बैठक भोलि १२:३० बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने तय भएको हो।

सचिवालयले सम्बन्धित सबै पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।

बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय, सङ्गठनात्मक गतिविधि तथा आगामी कार्ययोजना सम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ।